Thursday, February 5, 2026
HomeFactरगत नजाँदा नि चल्ने शरीरको एक अंग

रगत नजाँदा नि चल्ने शरीरको एक अंग

रगत मानवसहित सबै थरी प्राणीहरुमा पाइने एक प्रकारको तरल पदार्थ हो, जसमा शरीरका लागि आवश्यक पोषक तत्वहरु रहेका हुन्छन् । शरीरका हरेक काेशिकाहरुमा रगत पुगेको हुन्छ तर शरीरको एउटा यस्तो भाग छ जहाँ रगत नपुगे पनि काम गर्न सक्छ । त्यो भाग हो हाम्रो आँखाको कर्निया (Cornea)

के हो त कर्निया ?

कर्निया आँखाको अगाडीको पारदर्शी भाग हो, जसले प्रकाशलाई भित्र जान दिन्छ र फोकस गर्न मद्दत गर्दछ । यस भागले लेन्सको जस्तो काम गर्छ र दृष्टि (Vision) को लागि अत्यन्तै महत्वपूर्ण छ ।

कर्नियाले रगत किन पाउँदैन ?

कर्नियामा रक्त नली (Blood Vessels) हुँदैन । यसको कारणहरु निम्न छन्ः

क) कर्निया पूर्ण रुपले पारदर्शी हुनुपर्छ ताकि प्रकाश आँखाभित्र पसाेस् । यदि त्यहाँ रक्तनलीहरु भएको भए प्रकाश छिर्न पाउँदैन थिए र दृष्टि अस्पष्ट हुने थियो ।

ख) कर्नियाको भाग नरम र पारदर्शी हुने भएकोले रक्तनलीहरुमा सजिलै विभिन्न ब्याक्टेरिया तथा भाइरसले आक्रमण गर्न सक्छ, जसले प्रतिरक्षा प्रणाली कमजाेर हुने र कर्नियामा गम्भीर असर पुग्न सक्छ । यस कारणले गर्दा कर्नियामा रक्त नली हुँदैन । रक्त नली बिना रगत जान नसक्ने भएको कारण कर्नियाले रगत पाउँदैन ।

कर्नियाले आवश्यक पोषण कसरी पाउँछ ?

कर्नियाले रगत नपाए पनि आवश्यक अक्सिजन र पोषक तत्व निम्न स्रोतबाट लिन सक्छः

क) आँसुबाट अक्सिजन र केही पोषक तत्व कर्नियामा पुग्छ ।

ख) हाम्रो आँखाभित्री भागबाट एक खालको तरल पदार्थ निस्कने गर्छ जस्ले कर्नियालाई पोषक तत्व मिल्ने गर्दछ ।

ग) कर्निया शरीरको त्यस्तो अंग पनि हो जसले हावाबाट अक्सिजन सोस्न सक्छ यसैबाट कर्नियाले पोषक तत्व लिन सक्छ ।

हावा, आँसु र आँखाको भित्रको तरलबाट पाेषक तत्व र अक्सिजन प्राप्त गर्ने क्षमता भएकाले मानव शरीरमा कर्नियाले जीवन्त रुपमा कार्य गर्छ । यसको रगतविहिन प्रकृति नै यसलाई पारदर्शी र दृष्टिको लागि उपयुक्त बनाउँछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments