सलिना र उनकी आमाबिचमा खाना तयार गर्दै गरेको अवस्थामा विद्यालयमा सुनेको पोषण तत्वबारे सम्झिन्छिन् त्यसैको सन्दर्भमा भएको कुराकानी अध्ययन गरौँ है ।
सलिना : मामु, यो पोषक तत्व भनेको के हो ?
आमा : पोषक तत्व भनेको हाम्रो शरीरलाई आवश्यक पर्ने पदार्थ हो जसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ । विभिन्न पोषण तत्वहरु हामीले खाने दैनिक खानाहरुमा रहेको हुन्छ ।
सलिना : पोषण तत्वहरु के के हुन् ?
आमा : पोषण तत्वहरु धेरै थरि हुन्छन् सामान्यतया ६ प्रकारका पोषण तत्वहरु कार्बोहाइटेड, चिल्लो पदार्थ, प्रोटिन, भिटामिन, खनिज तत्व र पानी हुन् ।
सलिना : पानी त थाहा भयो ममी, अरुको बारेमा भन्नुहोस् न ।
आमा : चामल, मकै, गहुँ, कोदो, जौ बाट हामीले कार्बोहाइटेड पाउँदछाैँ, माछा मासु, अण्डा र दुध दहिबाट बनेका चीज आदीबाट प्रोटिन र घिउ, तेल, नौनी आदिबाट चिल्लो पदार्थ पाउँदछौँ, यसैगरी हरियो सागसब्जी, फलफुलबाट भिटामिन पाउँदछौँ भने आयोडिन युक्त नुन, कलेजो आदीबाट खनिज तत्वहरु प्राप्त गर्दछौँ ।
सलिना : मामु, यसरी पोषण तत्व पाउन हामीले के के गर्नुपर्दछ ?
आमा : त्यसका लागि हामीले विभिन्न कुरामा ध्यान दिनुपर्छ जस्तै काट्दा, धुँदा, पकाउँदा र भण्डार गरेर राख्दा सावधानी अपनाउनुपर्छ ।
यसै क्रममा सलिनाकी ममीले साग पखाल्न लाग्छन ।
सलिना : मामु, हजुरले किन साग नकाटी धुनुभएको ? पल्ला घरका हजुरआमाले त साना टुक्रा पारेर मात्र धुनुहुन्छ ।
आमा : साग सब्जीहरुलाई काट्नु भन्दा अगाडी धुदाँ पानीमा घुलनशील पोषक तत्वहरु (जस्तै भिटामिन सी र बी) यसैमा बस्छ जसले गर्दा पोषण तत्व हाम्रो शरीरमा रहन्छ । यसैगरी साग सब्जीहरु काट्दा साना टुक्रामा काट्न हुन्न नभए त्यसमा भएका पोषक तत्व खेर जान सक्छ । पल्ला घरका हजुरआमालाई थाहा नभएर हुन सक्छ, त्यही भएर त्यस्तो गर्नुभएको ।
सलिना : अनि मामु, पकाउँदा नि ध्यान दिनुपर्ने ?
आमा : हो नि छोरी, खाना पकाउँदा धेरै तापक्रममा लामो समयसम्म पकाउनाले पोषक तत्वहरु नष्ट गर्न सक्छ । यसको सट्टा, हल्का आँचमा छिटो पकाउने वा बाफमा पकाउने (कुकर अथवा छोपेर) जस्ता तरिका अपनाउनु पर्छ ।
सलिना : मामु खाना बाँकी रह्यो भने एकपटक मात्र गरम गर्नुपर्छ रे हो ?
आमा : ठिक कुरा गरेउ छोरी तिमीले । हो खाना बच्दा वा बाँकी रहेको खाना फेरी गरम गर्दा एकपटक मात्र गर्नुपर्छ । त्यस्तै धेरै तापक्रममा तताउनुहुन्न । बाँकी बसेको खानालाई सँधै छोपेर अथवा हावा नपस्ने गरी सफा ठाउँमा राख्नुपर्छ ।
सलिना : मामु, अरु के गर्नुपर्छ ?
आमा : तरकारी बनाउँदा तेल र मसलाको प्रयोगले पनि असर गर्छ । धेरै तेल प्रयोग गर्नुको सट्टा कम तेलमा पकाउने वा स्वास्थ्यलाई हानी नगर्ने (जस्तै आलसको तेल, जैतुनको तेल) तेलको प्रयोग गर्नुपर्छ । धेरै तारेको, चिल्लो खान हुन्न र मसलाहरु पकाउने अन्तिम चरणमा मात्रा राख्नुपर्छ ।
सलिना : हाम्रो गुरुआमाले भन्नुभएको अन्नलाई नि राम्रोसँग राख्नुपर्छ रे हई ?
आमा : हो छोरी, तिम्रो गुरुआमाले ठिक भनेका हुन् । अन्न राम्रोसँग बोटमा पाकेपछि त्यसको प्रशोधन गरी राख्नुपर्छ । मकै पाकेपछि भाँचेर केही समय हावा लाग्ने ठाउँमा राखी भण्डार गर्नुपर्छ । त्यस्तै गरी धान, गहुँ, कोदो सुकाएर मात्र राख्नुपर्छ । गेडागुडी जन्य अन्न टिपीसकेपछि हावा नर्छिने भाँडामा राख्नुपर्छ । यसरी अन्न राख्दा प्रकाश छिर्ने, हावा ओहोरदोहोर गर्ने, मुसा नलाग्ने, सुख्खा ठाउँमा राख्नुपर्छ ।
सलिना : धन्यवाद मामु, म यो कुरा अरुलाई नि भन्छु है । अनि पल्ला घराँ गएर नि भन्छु है ।
सलिना पल्ला घर गई बेलीविस्तार लगाउन थाली ।
खाना तयार गर्दा पाेषण तत्व जोगाउने तरिका
RELATED ARTICLES

