Tuesday, February 10, 2026
HomeHamro Tadiगड्याैँला मल बनाउने तरिका

गड्याैँला मल बनाउने तरिका

घर, गोठ, होटल आदिका जैविक फोहोरहरुलाई गँड्यौलालाई ख्वाएर सरल प्रक्रियाले मल बनाउने अनि केही महिनापछि प्राप्त मलको उपयोग गरी कृषि उपजमा प्रयोग गरिने मल नै गँड्यौला मल हो । नेपालमा यो प्रविधि भित्रिएको एकाध दशक मात्र भएको छ । तर अन्य देश अष्टेलिया, न्यूजील्यान्ड, भारत जस्ता देशमा यसको प्रयोग व्यापक रहेको छ । यसबाट सजिलै कृषि उत्पादन साथै आर्थिक लाभ पाउन सजिलो हुने भएकोले यसको लोकप्रियता दिनानुदिन बढिरहेको छ ।


ल्याटिन भाषामा किरालाई ‘भर्मी’ (Vermi) भनिन्छ । यसैले गँड्यौलालाई फोहोर ख्वाएर मल बनाउने प्रक्रियालाई गँड्यौले कम्पोष्ट जैविक प्रविधि (Vermi-Composting-Biotechnoloy) वा भर्मी कम्पोष्ट भनिन्छ ।
यस मलमा नाइट्रोजन, फोसफोरस र पोटासियमको मात्रा बढी हुने भएकोले यसले माटोको उर्वरा शक्ति बढाउँछ । यस खालका मल बनाउन चाहिने गँड्यौला भने हाम्रो घर आँगनमा देखिने गँड्यौला होइन्, यस मल बनाउन प्रयोग गरिने गँड्यौला माटे गँड्यौंला नभई फोहोर खाने प्रजातिका हुन् जसलाई कम्पोस्ट प्रजातिका गँड्यौंला (composting-species) हुन् । ईसेनिया फोइटिडा (Eisenia Foetida), युड्रिलस युजिनियल (Eudrillus Eugineal), पेरियोनक्स एक्याभेट्स (Perionyx Excavatus) र लुम्ब्रिकस रेबेलस् (Lumbricus Rebellus) आदी गँड्यौंला मल बनाउने प्रजातिका हुन् ।
विशेषताः
क) यिनीहरु साना, मसिना, पातला र राता खाले हुन्छन् ।
ख) यिनीहरु शान्त स्वभावका हुन्छन् ।
ग) सतहमा बस्न मन पराउँछन् ।
घ) घरेलु फोहर खान रुचाउँछन् ।
गँड्यौंला मल बनाउने तरिका
आवश्यक सामग्रीहरु:
क) कम्पोस्ट भाँडा
ख) ओछ्यानका सामानहरु
ग) गोबरे माटो
घ) कम्पोस्ट प्रजातिका ५०० देखि १००० वटा गँड्यौलाहरु
ङ) कालो कपडाको ढकनी
मल बनाउने विधिः
क) २×१×१ फिट भएको काठको बाकस वा बाँसको टोकरी (पानी नजम्ने) को प्रयोग गर्ने
ख) करिब ३ इन्च जति बाक्लो गरी छिटो नकुहिने हलुका जैविक वस्तुको सतहको ओछ्यान बनाई पराल, नरिवलको जट्टा, कागज, काठको धुलो, माटो प्रयोग गरी राम्ररी पानीले भिजाउने,
ग) ठिककोमात्रा भिजेको ओछ्यानमा कम्पोस्ट गँड्यौंला छाड्ने,
घ) माथिबाट ढकनी वा कालो कपडाले छापी भित्र अँध्यारो राख्ने (गँड्यौंलाहरु प्रकाश सुक्ष्मग्राही (Photosensitive) जीव भएकोले प्रकाशमा बस्न नरुचाउने)
ङ) घाम पानी नपर्ने, छाँया पर्ने ठाउँमा राख्ने र एकैचोटी धेरै चीज नराख्ने,
च) यसरी ३-४ महिना पछि जम्मा भएको मल संकलन गर्ने ।
ध्यान दिनुपर्ने कुराः
क) कमिला, कुकुर, मुसा, चरा, छेपारो र अन्य पाल्तु जनावरबाट बचाउने,
ख) गँड्यौंलाको संख्या हेरी मात्रा खाना राख्ने नत्र कुहिएको गन्ध आउन सक्छ,
ग) खाना पकाउँदा राख्ने चिल्लो बाहेक अरु चिल्लो पदार्थ नराख्ने,
घ) मासु र माछाजन्य खानेकुरा नहाल्ने आदि
फाइदाः
क) घरेलु फोहर व्यवस्थापनको लागि उपयुक्त,
ख) सानो ठाउँ वा भान्छामा पनि गर्न सकिन्छ,
ग) वातावरणमैत्री, दुर्गन्धरहित
घ) उच्चकोटीको मल उत्पादन हुने र आय आर्जन गर्न सकिने ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments