Thursday, February 5, 2026
HomeHamro Tadiतादी गाउँपालिकाको परिचय

तादी गाउँपालिकाको परिचय

नेपालको कुनै पनि अञ्चलको सिमाना तथा अन्तराष्ट्रिय सिमानालाई समेत नछुने र भौगोलिक विभाजन अनुसार पहाडी प्रदेशमा अवस्थित तादी गाउँपालिका नेपालको मानचित्रको मध्यभागमा देखिन्छ । यो गाउँपालिका काठमाडौं उत्तर–पश्चिम दिशामा रहेको नुवाकोट जिल्लाको लगभग बिच भागमा रहेको सुन्दर गाउँपालिका हो । यो गाउँपालिका साविकको ५ वटा गा.वि.स. (उर्लेनी, रालुकादेवी, खरानीटार, सुन्दरादेवी, नर्जामण्डप) मिलाएर बनेको हो । यसको केन्द्र, साविकको खरानीटार गा.वि.स. मा रहेको छ । यस क्षेत्रमा सदावहार कञ्चन पानी बगिरहने प्रसिद्ध नदि तादीका नामबाट यस गाउँपालिकाको नाम ‘‘तादी’’ नामाकरण गरिएको हो । छ (६) ओटा वडा रहेको यस गाउँपालिकाको पूर्वमा दुप्चेश्वर गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्ज, पश्चिममा सुर्यगढी गाउँपालिका, उत्तरमा रसुवा जिल्ला र दक्षिणमा पन्चकन्या गाउँपालिका (तादी नदी) पर्दछ । यस गाउँपालिकाको कुल क्षेत्रफल ६९.८० वर्ग कि.मि. रहेको छ भने वि.सं. २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १५,९३३ (पन्ध्र हजार नौ सय तेतिस) जना रहेको छ ।
प्राकृतिक रुपमा भौगोलिक तथा जैविक विविधताले भरिपूर्ण यस गाउँपालिकाको हावापानी, वन्यजन्तु, वनस्पति, मानवीय रहनसहन तथा संस्कार, सामाजिक संरचना लगायतका विषयहरुमा विविधता रहेको पाइन्छ । विविध संस्कृति र रितिरिवाजको धनी यस गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता रहेको छ । यस गाउँपालिका क्षेत्रमा जनताको मुख्य पेशा कृषि नै भएता पनि अन्य विभिन्न पेशा तथा व्यवसायमा मानिसहरु संलग्न भएको पाईन्छ । जलस्रोत, कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्र यस गाउँपालिकाको विकासमा सम्भावनाका क्षेत्रहरु हुन् । र यी क्षेत्रहरुको विकास मार्फत समृद्ध तादी निर्माणमा परिकल्पना समेत गरिएको छ ।

साभारः https://tadimun.gov.np

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments