शिक्षक मनिताले हिजो गाउँपालिकाका अध्यक्षको काम, कर्तव्य र अधिकार सम्बन्धी जानकारी विद्यार्थी भाइबहिनीहरुलाई दिनुभएको थियो र विद्यार्थी भाईबहिनीहरुलाई उपाध्यक्षको काम, कर्तव्य र अधिकार सम्बन्धी बुझेर आउनु भन्नु भएको थियो । आज यहि विषयमा शिक्षक मनिताले विद्यार्थी भाइबहिनीहरुसँग छलफल गर्न लाग्नुभएको छः
शिक्षकः विद्यार्थी भाइबहिनी, ल भन त आज हामी कुन सन्दर्भमा छलफल गर्न लागेको छौं ?
सबैजना (एकै स्वरमा): गुरुआमा, आज हामी गाउँपालिकाका उपाध्यक्षको काम, कर्तव्य र अधिकार सम्बन्धी छलफल गर्न गइरहेको छौं ।
शिक्षकः स्याबास् ! सबैजनाले सम्झेको रहेछौ त । खुसी लाग्यो । ल अब पालैपालो बताउनुहोस् ल ।
समिक्षा: गाउँपालिकाको उपाध्यक्ष गाउँपालिकाको कार्यकारी प्रमुख (अध्यक्ष) लाई उनको काममा सहयोग गर्ने जिम्मेवार व्यक्ति हो जसले अध्यक्षको अनुपस्थितिमा, उपाध्यक्षले अध्यक्षको भूमिका निभाउँछन् ।
सुजल: गुरुआमा, त्यसैगरी स्थानीय तहभित्र उत्पन्न भएका विभिन्न विवाद, झै-झगडा, गाउँपालिका क्षेत्राधिकारका विषयका मुद्धा मामिलाका सुनुवाई, समाधानका उपाय र कारबाही सम्बन्धी कार्यहरु न्यायिक समितिको संयोजक भई गर्छन् ।
गगन: गाउँपालिकाको नीति, योजना र कार्यक्रमहरु लागु गर्न अध्यक्षलाई सहयोग गर्ने, गाउँपालिका परिषद्को बैठकहरुमा सहभागी हुने र आवश्यक निर्णयहरुमा सहयोग गर्ने आदि कार्य पनि गर्छन । साथै गाउँपालिकाको विकास निमार्ण कार्यको नियमित निगरानी, समन्वय, समुदायको आवश्यकता र समस्याहरु बुझि समस्या समाधानको प्रयास गर्ने गर्छन ।
श्रेया: अँ, त्यसैगरी गाउँपालिकाको वार्षिक आम्दानी, खर्च र भविष्यको योजनाका लागि बजेटसम्बन्धी कार्य पनि गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारी हुन् ।
रिहाना: यसैगरी गाउँपालिका भित्र सञ्चालन भएका विभिन्न संघसंस्थाहरुसँग समन्वय र सहजीकरण गरी विकासका कार्यहरुको अगाडी बढाउन सहयोग गर्छन ।
अर्पना: गाउँपालिका परिषद्को बैठकहरुमा मतदान गर्ने काम साथै कर्मचारीहरुको कार्य विवरणको मूल्यांकन गर्ने अधिकार गाउँपालिका उपाध्यक्षसँग हुने गर्दछ ।
अन्जना: यसैगरी जनताका गुनासाहरु सुन्ने, जनताका समस्या समाधान र गाउँपालिकाको विकासमा जनतालाई सहभागी गराउने कार्य पनि गर्दछन् ।
शिक्षक: स्यावास ! मेरा विद्यार्थी भाईबहिनीहरु । म धेरै खुसी छु हजुरहरुसँग, सबैजनालाई म मिठाई दिन्छु खाइसकेपछि कुल्ला गर्न नर्बिसनु है । धन्यवाद !
गाउँपालिका उपाध्यक्षको काम, कर्तव्य र अधिकार
RELATED ARTICLES

